बिहीबार , साउन २१ गते २०८३

भूमिहीन सुकुम्वासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकारको प्रयास : सांसद खनाल

भूमिहीन सुकुम्वासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकारको प्रयास : सांसद खनाल

अखबार दैनिक
मंगलबार, जेठ ५ २०८३
  • भूमिहीन सुकुम्वासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकारको प्रयास : सांसद खनाल

    रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबासतर्फ लैजान प्रयास गरिरहेको दाबी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासमा वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाएका हुन् ।

    उनले भने, ‘भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा नाममा बसैँदेखि राजनीतिक गदै आएकाहरूले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा बसिरहेकाहरूलाई एथा स्थिति मौ बसिरहन चाही रहेका छन् ।’

    सांसद खनालले पछिल्लो समय देशभर सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई सडकमा ल्याउन खोज्दैछ भन्ने भ्रम फैलाइएको दाबी गरे ।

    उनले भने, ‘पछिल्लो समय देशभर भूमिहीन सुकुम्वासीलाई सडकमा उतारेर उनीहरूमाथि सरकारले डोजर चलाउँदै छ भन्ने भ्रम फइलदाइदै छ । सरकारले सुकुम्वासी बस्तीमाथि डोजर चलाएर उनीहरूलाई सडकमा ल्याउन खोजेको होइन ।’

    उनले नदी तथा खोला किनारमा बसोबास गर्दा बाढी, दुर्घटना र अस्वस्थ वातावरणको जोखिम बढ्ने भएकाले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी समाजको मूलधारमा ल्याउन खोजेको बताए ।

    ‘सरकारले आफ्ना नागरिक माथि लागेका सुकुम्बासीको अपमान जनक ट्यागलाई हटाएर उहाँ हरूलाई सम्मानित, सामाजिक र आथिक जीवन र व्यवस्थित बसोबास लिदन खोजेको हो । बसौदेखि आउने बाढीको कहर र खोलाको किनारको दुर्घटना र दुर्गन्धित बाट जोगाउन उहाँहरूलाई समाजको मूलधारमा ल्याउन खोजेको हो सरकारले,’ उनले भने । न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार