बिहीबार , साउन २१ गते २०८३

अख्तियारको छानबिन सकिने बेला एमालेले राज्यकोषमा फिर्ता गर्‍यो करिब चार करोड

अख्तियारको छानबिन सकिने बेला एमालेले राज्यकोषमा फिर्ता गर्‍यो करिब चार करोड

अखबार दैनिक
शुक्रबार, जेठ ८ २०८३
  • अख्तियारको छानबिन सकिने बेला एमालेले राज्यकोषमा फिर्ता गर्‍यो करिब चार करोड

    अख्तियारले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका बेला नेकपा एमालेले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा बाँडेको कानुनविपरीतको रकम राज्यकोषमा फिर्ता गरेको छ । स्रोतले दिएको जानकारीअनुसार एमालेले तीन करोड ९० लाख रुपैयाँ राज्यको ढुकुटीमा जम्मा गरेको हो ।

    भीभीआईपीको उपचारका लागि सरकारले त्यसबेला खर्च गरेको रकम एमालेले राज्यकोषमा जम्मा गरेको जानकारी उच्च स्रोतले दियो । सरकारले त्यसबेला प्रधानमन्त्री रहेका ओलीको वैदेशिक उपचारमा दुई करोड ३९ लाख खर्च गरेको थियो भने पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ८१ लाख र पूर्वराष्ट्रपति रामवरण यादवलाई ७० लाख रुपैयाँ दिएको थियो ।उक्त रकम कानुनविपरीत खर्च गरेको भन्दै अख्तियारले छानबिन गरेको थियो ।

    स्रोतले दिएको जानकारीअनुसार रकम फिर्ता गरे कारबाहीबाट जोगिन सकिने भएकाले फिर्ता गरिएको हुन सक्छ । एमाले नेताहरुले भने यसबारेमा अहिले पार्टीमा कुनै छलफल नभएको र शुक्रबार बोलाइएको बैठकमा छलफल हुने जानकारी दिएका छन् । एमालेले आज सचिवालय बैठक बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार