राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले आफूलाई प्रतिपक्षी दलका कार्यकर्ताले आफूलाई ‘मानव तस्कर’ भनेर बदनाम खोजेको गुनासो गरेकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रानाले आफूलाई बद्नाम गर्न खोजेको भन्दै गुनासो गरेकी हुन् ।
‘आजसम्म पनि प्रतिपक्षीका कार्यकर्ताहरू मलाई फ्रेमिङ गरेर जुन ट्राफिकर भनिरहेको छ । ती रियल ट्राफिकरलाई पक्राउन म भन्न चाहन्छु– आज बालबालिकालाई हरेक कुन–कुन पठाउने माफियालाई पक्रनुपर्यो । अनि, मात्रै सुशासन कायम हुन्छ यो देशमा’, रानामगरले भनिन् ।

प्रतिक्रिया दिनुहोस