बिहीबार , साउन २१ गते २०८३

संविधान संसोधन बहस ’सरकारी कार्यदल’ मा मात्र सीमित हुनुहुँदैनः सांसद केसी

संविधान संसोधन बहस ’सरकारी कार्यदल’ मा मात्र सीमित हुनुहुँदैनः सांसद केसी

अखबार दैनिक
मंगलबार, जेठ १२ २०८३
  • संविधान संसोधन बहस ’सरकारी कार्यदल’ मा मात्र सीमित हुनुहुँदैनः सांसद केसी

    नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संसोधनको विषयलाई केवल सरकारी कार्यदलमा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरेका छन्।

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले संविधान संशोधन जस्तो संवेदनशील विषयमा फराकिलो र समावेशी छलफलको आवश्यकता औंल्याएका हुन्।सांसद केसीले संविधान संशोधन प्रक्रियालाई निष्पक्ष र सर्वस्वीकार्य बनाउनका लागि एक शक्तिशाली संयन्त्रको माग गरेका छन्।

    उनले भने, ‘संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित रहनुहुँदैन। यसका लागि पूर्व प्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ।’

    मुलुकको वर्तमान राजनीतिक जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थालाई मध्यनजर गर्दै उनले सत्ता वरिपरि मात्र केन्द्रित रहने बहसले संसोधन प्रक्रिया सफल नहुने भन्दै उनले संशोधनलाई सफल पार्नका लागि ’गोलमेच सम्मेलन’ को आयोजना गर्नुपर्नेमा जोड दिएका छन्। न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार