बिहीबार , साउन २१ गते २०८३

दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

अखबार दैनिक
मंगलबार, जेठ १२ २०८३
  • दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

    पर्सा जिल्ला अदालतले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज बयानपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । आफ्नो अभियानको क्रममा पर्सा पुगेका उनलाई गत ४ गते वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको थियो । प्रसाईँमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो । 

    राज्यका निकायहरू सेना, प्रहर र प्रधानमन्त्री बालेन्द्र शाक, रास्वपा सभापति रवि लामिछानेलगायतको विषयमा होच्याएर सार्वजनिक टिप्पणी गरेको उनीमाथि आरोप छ । प्रसाईंले केही दिनअघि एक युट्यूव अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हर्क साम्पाङलाई एउटै समूहले अघि बढाइरहेको दाबी गरेका थिए । साथै हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिए आफूले बालेन्द्र शाहको तस्बिर घरमा राख्ने अभिव्यक्ति पनि दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार