बिहीबार , साउन २१ गते २०८३

क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह

क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह

अखबार दैनिक
बुधबार, जेठ १३ २०८३
  • क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह

    नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली सांसद राईले मे ६ मा क्रोएसियामा भएको सडक दुर्घटनामा इलामको सन्दकपुर गाउँपालिका–१ निवासी उमेशकुमार फागो र नुवाकोटका देव गुरुङको निधन भएको जानकारी दिए ।

    उनले घटना भएको लामो समय बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको उल्लेख गर्दै यसलाई कूटनीतिक असफलताको उदाहरणका रूपमा टिप्पणी गरे । राईका अनुसार उक्त विषय अस्ट्रेलियास्थित नेपाली दूतावासले हेर्दै आएको छ ।

    उनले भने, ‘मे ६ तारिखका दिन क्रोएसियामा सडक दुर्घटनामा परि इलाम सन्दकपुर गाउँपालिका १ निवासी उमेशकुमार फागो र नुवाकोट जिल्लाका देव गुरुङको दुखदः निधन भएको छ । विडम्बना उक्त घटना भएको २३ दिन बितिसक्दा पनि शव नेपाल ल्याउन सकिएको छैन । यसको कारण हाम्रो कुटनीतिक असफलता देखियो ।’

    पीडित परिवारले सबै आवश्यक कागजी प्रक्रिया पूरा गरिसक्दा पनि दूतावासबाट आवश्यक सहजीकरण नभएको गुनासो आएको उनले बताए ।

    उनले भने, ‘उक्त विषय अस्ट्रेलियामा रहेको दूतावासले हेर्दो रहेछ । पीडामा रहेको परिवारले दिएको जानकारी अनुसार शव नेपाल झिकाउन आवश्यक कागज प्रक्रिया यताबाट सबै गरिसक्दा पनि दूतावासले आवश्यक सहजीकरण गरिदिएको छैन । त्यसैले सरकारले पीडित माथि थप पीडा थप्नु भन्दा पनि आवश्यक सहजीकरण गरेर शव स्वदेश ल्याउने प्रवन्द्ध तुरुन्त गरिदियोस् ।’

    सांसद राईले सरकारले पीडित परिवारमाथि थप पीडा नथपी आवश्यक समन्वय र सहजीकरण गरेर शव तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न माग गरे। न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार