बिहीबार , साउन २१ गते २०८३

नयाँ सदनमा सभामुख र सांसदको कुर्सी कुन देशको काठबाट बनाइएको होः निशा

नयाँ सदनमा सभामुख र सांसदको कुर्सी कुन देशको काठबाट बनाइएको होः निशा

अखबार दैनिक
बुधबार, जेठ १३ २०८३
  • नयाँ सदनमा सभामुख र सांसदको कुर्सी कुन देशको काठबाट बनाइएको होः निशा

    रास्वपाकी सांसद निशा डागीँले संसद्को नयाँ भवनमा राखिएको कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको भन्दै प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सभामुख र सांसद् बस्ने कुर्सीबारे प्रश्न गरेकी हुन् ।

    “दुईरतीन दिनपछि हामी नयाँ सदन जादै छौँ । उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसद बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?,” उनले सोधिन् ।उनले महालेखाले स्वदेशी काठको प्रयोग नहुँदा अर्बौं बाहिरिएको औंल्याएको बताइन् ।

    काठमा परनिर्भरता बन्द गर्न उनको माग छ । “परनिर्भरता बन्द गर्नैपर्छ । सुरुआत यही संसद् भवन र सिंहदरबारबाट गरौँ,” उनको माग छ ।देशमै उत्पादन भएको काठबाट उत्पादन भएको फर्निचर प्रयोग गर्नुपर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार