एमालेनिकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा बारा जिल्ला कमिटी सदस्य सरिता (एमकुमारी) सापकोटाले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनी एमाले छोडेर रास्वपातिर लागेकी हुन् ।सापकोटाले हिजो आफ्नो सामाजिक सञ्जालमा आफ्नो राजीनामापत्र र रास्वपाको सदस्यता सार्वजनिक गरिन् । दुवैको मिति हेर्दा उनले एमाले छाड्नुभन्दा करिब दुई महिनाअघि नै रास्वपाको सदस्यता लिइसकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस