बिहीबार , साउन २१ गते २०८३

बजेट भाषण नयाँ हलबाट नहुने

बजेट भाषण नयाँ हलबाट नहुने

अखबार दैनिक
बिहीबार , जेठ १४ २०८३
  • बजेट भाषण नयाँ हलबाट नहुने

    काठमाडौँ । भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए। 

    प्रवक्ता गिरीले भने, ‘प्राविधिक कामहरू सकिएनन् नयाँ हलबाट बजेट वाचन असम्भव जस्तै भयो। चुनौतीपूर्ण देखियो ।’ 

    अब बजेट पनि प्रतिनिधिसभा बैठक चलिरहेको काम चलाऊ हलबाट वाचन हुने देखिएको छ। सिंहदरबारस्थित पुतली बगैँचामा बनिरहेको संसद् भवन निर्धारण गरिएको समयमा बन्न नसक्दा प्रतिनिधिसभा बैठक कामचलाउ हलबाट चलिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार