बिहीबार , साउन २१ गते २०८३

नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न रास्वपा सांसद तामाङको माग

नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न रास्वपा सांसद तामाङको माग

अखबार दैनिक
सोमबार, जेठ १८ २०८३
  • नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न रास्वपा सांसद तामाङको माग

    नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न रास्वपा सांसद तामाङको मागरास्वपा सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न माग गरेकी छिन्।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको’ भन्दै विवादित अभिव्यक्ति दिएका थिए। सो बारे आज सांसद तामाङले यसबारे स्पष्ट पारिदिन माग गरेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छिन्,

    ‘ प्रधानमन्त्री ज्युले नेपालले भारत को भूमि कहाँ कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैंभरि म लगायत हामी नेपालीहरु ले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो तर आजबाट हामिले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौं’।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार