पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका कार्य पूरा गरेपछि प्रतिवेदन बुझाउन लागिएको समितिका सदस्य अच्युतमणि नेउपानेले जानकारी दिए।
‘हामीले पूर्वगृहमन्त्री गुरुङसँग बयान लिने, सम्पत्ति विवरणलगायतका विषयमा छानबिन पूरा गरिसकेका छौँ,’ नेउपानेले रातोपाटीसँग भने, ‘समितिलाई दिइएको कार्यादेशअनुसारको काम सम्पन्न भएकाले आजै प्रतिवेदन बुझाउँछौँ।’ उनका अनुसार प्रतिवेदनमा दोषी वा निर्दोष जे भए पनि प्रमाणका आधारमा स्पष्ट निष्कर्षसहित राय प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस