बिहीबार , साउन २१ गते २०८३

७० करोड काण्डका सबै प्रमाण जुटेका छन्, अब अदालतमा बुझाउँछु : विजयप्रकाश मिश्र

७० करोड काण्डका सबै प्रमाण जुटेका छन्, अब अदालतमा बुझाउँछु : विजयप्रकाश मिश्र

अखबार दैनिक
बुधबार, कात्तिक १९ २०७७
  • ७० करोड काण्डका सबै प्रमाण जुटेका छन्, अब अदालतमा बुझाउँछु  : विजयप्रकाश मिश्र

    कात्तिक १९,

    तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रूपैयाँ घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले शुक्रबारसम्ममा जिल्ला अदालत काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस मागको थप प्रमाण पेस गर्ने भएका छन् । बाँस्कोटाले मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

    मिश्रले यो मुद्दामा आफ्नोतर्फको बयान प्रस्तुत गर्ने क्रममा सबै प्रमाण पेस गर्ने बताएका हुन् । 'यो भ्रष्टाचार हो, तर गालीबेइज्जती भनेर स्थापित गर्ने प्रयत्न भएकाले सबै प्रमाण अदालतमा पेश गर्नेछु,' मिश्रले भने, 'अदालतमा पेस भएका प्रमाण नै अख्तियारमा पनि बुझाउँछु ।'

    बाँस्कोटाले गाली बेइज्जतीको मुद्दा दायर गरेपछि मिश्र जापान गएका थिए । उनले आफू घुस प्रकणको भिडियोसहितको प्रमाण लिन जापान गएको बताउने गरेका थिए । मिश्र दसैं अगाडि नेपाल फर्किएका हुन् । 'मेरा वकिलले सबै जवाफ लेखिरहेका छन्, उनीहरूले अबको ३ दिन भित्रमा जवाफ तयार गरिसक्छन्,' उनले भने । बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि यो विषय अख्तियारले पनि अनुसन्धान गरिरहेको छ । अख्तियारले मिश्रलाई बयानका लागि उपस्थित हुन सार्वजनिक सूचनामार्फत नै बोलाएको थियो । तर जापानमा रहेको र उडान बन्द भएका कारण उनी नेपाल आउन सकेका थिएनन् ।

    'मसँग सेक्युरिटी प्रिन्टिङ खरिदका विषयमा सुरुदेखि जे जति अनियमितता भए ति सबैको प्रमाण छ,' मिश्रले भने, 'अहिले मलाई गाली बेइज्जतीमा हाल्न खोजियो, तर यो भ्रष्टाचारजन्य कसुर हो । मैले भ्रष्टाचार रोक्न खोजेको हुँ, सबै प्रमाण सार्वजनिक गर्छु ।'

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार