श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नजिकका सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन् । धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरे ।हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रितापूर्वक साथ दिएका थिए ।
निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन् ।आफूलाई धरानको मेयरको आश्वासन दिइएकोमा धोका दिएको निनाचन्द्रले बताएका छन् । हर्कले भावी मेयरमा धनबहादुर राईको नाम घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस