बिहीबार , साउन २१ गते २०८३

काठमाण्डौ मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नहोस : मेयर शाक्य

काठमाण्डौ मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नहोस : मेयर शाक्य

अखबार दैनिक
बुधबार, कात्तिक १९ २०७७
  • काठमाण्डौ मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नहोस : मेयर शाक्य

    कात्तिक १९,

    खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन नै गरेर काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको पनि दावी गर्नुभएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाण्डौ उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गर्नुभएको छ ।

    ‘काठमाण्डाैलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाण्डाै मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ’, शाक्यले भन्नुभएको छ ।

    कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाण्डाै महानगरपालिका प्रतिवद्ध रहेको शाक्यले दावी गर्नुभएको छ । देशमा लकडाउन हटिसकेकाले सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने शाक्यको भनाइ छ । ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरि खाना खान पाउनुपर्छ, काठमाण्डाै महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’, शाक्यले भन्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार