बिहीबार , साउन २१ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की

अखबार दैनिक
शुक्रबार, जेठ २२ २०८३
  • प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की

    पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभएको छ ।

    निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । “निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरुलाई काम गर्न दिनुपर्छ ।” पूर्वप्रधानमन्त्री कार्कीले भन्नुभयो ।

    उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतका भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थाम सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

    पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको विद्रोहको भावनाअनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार