बिहीबार , साउन २१ गते २०८३

रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हुन्न

रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हुन्न

अखबार दैनिक
सोमबार, जेठ २५ २०८३
  • रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हुन्न

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा जवाफ दिने प्रस्ताव गरेका छन् । सोमबार (जेठ २५) सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् । आवश्यक परे आफूले पनि जवाफ दिन सक्ने उनले बताए । लामिछानेकै आह्वानमा सर्वदलीय बैठक बसेको हो । तर, उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्‌मा जवाफ नदिने स्पष्ट पारे । 

    “परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म दिन्छु,” उनले भने, “प्रधानमन्त्री बोल्नु हुन्न ।” नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री बालेनले संसद्‌मा दिएको अभिव्यक्ति र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाप्रति विपक्षी दलको विमति छ । यही विषयमा विपक्षीले संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार