बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्रीको मुखबाटै अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

प्रधानमन्त्रीको मुखबाटै अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

अखबार दैनिक
सोमबार, जेठ २५ २०८३
  • प्रधानमन्त्रीको मुखबाटै अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै सदनमा आएर नेपाल–भारत सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन् । सोमबार (जेठ २५) बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अभिव्यक्तिले आन्दोलन भइरहेको भन्दै शान्ति सुरक्षाका निम्ति भए पनि उनैले नै जवाफ दिनुपर्ने बताएका हुन् । “देशको शान्ति सुुरक्षाका लागि पनि उहाँले आएर वचन सच्याउनुपर्छ । 

    नेपाली सेनालाई सीमामा लगेर तैनाथ गर्नुपर्छ,” उनले भने । उनले प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले सच्याउने भन्ने आफूहरूलाई मान्य नहुने बताए । “पराष्ट्रमन्त्रीले सच्याउने सुनिरहेको छु, त्यो हामीलाई मान्य छैन । उहाँकै मुखबाट निस्केको शब्द छ, उहाँकै मुखबाट सच्याउनुपर्छ,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार