बिहीबार , साउन २१ गते २०८३

ज्ञानेन्द्र शाहीले भने : अर्थमन्त्रीले राजद्रोह गरे, संसदीय समितिबाट छानबिन गरौँ

ज्ञानेन्द्र शाहीले भने : अर्थमन्त्रीले राजद्रोह गरे, संसदीय समितिबाट छानबिन गरौँ

अखबार दैनिक
सोमबार, जेठ २५ २०८३
  • ज्ञानेन्द्र शाहीले भने : अर्थमन्त्रीले राजद्रोह गरे, संसदीय समितिबाट छानबिन गरौँ

    राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनको नारा लगाएर आएको अहिलेको सरकार झन् झन् कुशासनको बाटोतिर लागेको बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गम्भीर प्रश्न उठाए । उनले बजेट निर्माणका क्रममा करका दर हेरफेरलाई राजद्रोहको संज्ञा दिए । शाहीले अघिल्लो एमाले र कांग्रेसको सरकार हुँदा पनि प्रश्न उठेकालाई आफैंले छानबिन समिति बनाएर चोख्याउने काम भएको स्मरण गराए ।

    ‘सत्ता पक्षका माननीयलाई सभामुखमार्फत् म भन्न चाहन्छु, अघिल्ला सरकारका पालामा पनि मन्त्रीले गलत गर्थे, आफैं छानबिन समिति बनाउँथे अनि आफैंले आफैंलाई चोख्याएर ताली पड्काउँथे’, उनले भने ।
    शाहीले देशका बहालवाला मन्त्री, पूर्वमन्त्री र अर्थमन्त्रीलाई सरकारले होइन, संसदीय समितिले छानबिन गर्नुपर्ने बताए । ‘मन्त्रीहरूलाई सरकारको छानबिन समिति भनेर चोख्याउने काम नगरौँ । करका दरहरू हेरफेर गर्ने कुरा सानोतिनो होइन’, उनले भने, ‘करका दर हेरफेरको कुरा अर्थमन्त्री, अर्थ सचिव र राजस्व सचिवलाई मात्रै थाहा हुन्छ। तर अहिले गरिएको बदमासी सानोतिनो छैन ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार