बिहीबार , साउन २१ गते २०८३

डीआईजी बिश्वराज पोख्रेललाई भारतीय सेना प्रमुखको चिन्ता

डीआईजी बिश्वराज पोख्रेललाई भारतीय सेना प्रमुखको चिन्ता

अखबार दैनिक
बिहीबार , कात्तिक २० २०७७
  • डीआईजी बिश्वराज पोख्रेललाई भारतीय सेना प्रमुखको चिन्ता

    कात्तिक २०,

    भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणे आफ्नो ३ दिने नेपाल भ्रमणको लागि नेपाल आएका छन् । सुरक्षा र उनको बिरोधमा हुन् सक्ने गतिबिधिलाई मध्यनजर राखेर नरवणेको भ्रमण तालिका गोप्य राखिएको छ । भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण परम्पराको निरन्तता भएपनि पहिलेका सेनापतिको जस्तो भ्रमण नरवणेको भ्रमण पक्कै हुने छैन ।

    नेपालले आफ्नो भुमीलाई समेटेर संसदबाट नक्सा जारी गर्दाका बखत भारतीय सेना प्रमुख समेत रहेका मनोज मुकुन्द नरवणेले नेपालले कसैको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्ने संदेश सहितको अभिव्यक्ति दिएको कारण तथा नेपाल भारत सिमा समस्या जुन स्थितिमा रहेको छ सोहि कारण नरवणेको नेपाल आगमन रोक्नुपर्ने आबाज उठिरहेका छन् भने भ्रमणकै क्रममा बिरोधका कार्यक्रमहरु पक्कै पनि हुनेछन ।

    सोहि सम्भावनालाई ख्यालमा राखी नेपालका सुरक्षा अंगले नरवणेको नेपाल भ्रमणका क्रममा बिरोधका कुनै गतिविधि गर्न नदिन प्रहरी झन्डै एक हप्ता देखि सुष्म अध्ययन गरेको प्रहरीले नरवणे भ्रमणको पुर्बसन्ध्यामा मंगलबार देखि आफ्नो सक्रियतालाई बिशेष बनाएको छ । सोहिक्रममा मंगलबारनै सैनिक मुख्यालयमा सबै सुरक्षा निकायबीच भएको छलफल लगत्तै प्रहरीले उनको बिरोध गर्न सक्ने व्यक्ति संगठनको खोजीलाई तिब्र बनाएको छ ।

    त्यसैक्रममा मगलबार साँझ रत्नपार्कको कुनै कार्यक्रमको सन्दर्भमा केहि व्यक्तिहरुले नरवणेको नेपाल भ्रमणको बिरोध गर्दै गरेको गतिबिधिलाई पछ्याउदै मंगलबार रातीनै केहि व्यक्तिलाई नेपाल प्रहरीले प्रक्राउ गरेको छ भने नरवणे भ्रमणको बिरोध गर्दै भएका कार्यक्रमको समाचार बाहिर ल्याई भारतीय सेना प्रमुख नरबणेको मानहानी हुने गतिबिधि गरेको भन्दै केहि मिडियाकर्मीलाई मध्यरातमा साईबर क्राईमको मुद्दा लगाउने भन्दै महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख डीआईजी बिश्वराज पोख्रेलले धम्की समेत दिएका छन् । नेपाल भारतको उच्चस्तरमा हुने दुई देशबीच हुने कुटनीतिक भ्रमणको नाजायज बिरोधलाई किमार्थ सहि मान्न सकिदैन तर भ्रमणको बिरोध भएको भन्दै समाचार लेखेकै भरमा कसैको मानहानी हुने र साईबरक्राईमको मुद्दा लगाउछु भन्ने डीआईजी बिश्वराज पोख्रेलले भारतीय सेना प्रमुख प्रति देखाएको बढ्ता भक्तिभाब बाहेक केहि होईन ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार