आइतबार, भदौ १४ गते २०८३

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अखबार दैनिक
आइतबार, भदौ ७ २०८३
  • सुनको मूल्य बढ्यो

    काठमाडौँ, ७ भदौः स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ ।    
        
     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १९ हजार ५०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९७५ निर्धारण भएको छ ।    
        
    गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य रु चार हजार ९८५ कायम भएको थियो ।    
        
     अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ