बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्रीको राजिनामा कतैबाट मागिएको छैन : प्रचण्ड

प्रधानमन्त्रीको राजिनामा कतैबाट मागिएको छैन : प्रचण्ड

अखबार दैनिक
शुक्रबार, कात्तिक २१ २०७७
  • प्रधानमन्त्रीको राजिनामा कतैबाट मागिएको छैन : प्रचण्ड

    कात्तिक २१,

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार दिउँसो बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ । उक्त्त प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यन्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

    अध्यक्षद्वयबीच सहमति नबनी पार्टीको बैठक बोलाउन खोजेर दाहालले फेरि भाँडभैलो गर्न खोजेको ओलीको भनाइ थियो । ‘पहिले तपाईं र म छलफल गरौं, मिल्ने कुरा केके हुन्, नमिल्ने कुरा केके हुन हेरौं, अनि बल्ल बैठक बोलाउँला,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नत्र हूलहुज्जत गर्न बैठक बोलाएर केही काम छैन  ।’

    दाहालले भने दुई अध्यक्षबीच मात्रै छलफल गरेर कुनै निचोड नआउने भन्दै बैठक नै बोलाउन जोड दिएका थिए । ‘तपाईंले अर्को पार्टीको अभ्यास सुरु गरिसक्नुभएको छ, हिजो प्रदेश १ को भेला गरेर जबज पक्षधर एक हुनुपर्छ भन्नुभयो । तपाईंको राजीनामा कतैबाट मागिएको छैन, मागे भनेर हल्ला गर्नुभएको छ,’ दाहालले भने , ‘पार्टीमा गम्भीर छलफल गर्नैपर्छ, बैठक बोलाऔं ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार