सोमबार, भदौ १५ गते २०८३

९०३ जनाको शव फेला, १० हजार ४५१ जनाको उद्धार

९०३ जनाको शव फेला, १० हजार ४५१ जनाको उद्धार

अखबार दैनिक
सोमबार, भदौ १५ २०८३
  • ९०३ जनाको शव फेला, १० हजार ४५१ जनाको उद्धार

    १५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ४ हजार २२७ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।

    प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको जनाइएको छ।

    बाढीमा परी २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ।

    उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार २० हजार ८१९ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।

    खटिने सुरक्षाकर्मीमध्ये:

    • नेपाली सेना: ८ हजार ७२२
    • नेपाल प्रहरी: ७ हजार ८९४
    • सशस्त्र प्रहरी: ४ हजार २०३

    भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण र पुनःस्थापनाको काम जारी रहेको प्राधिकरणले जनाएको छ।

    new-data.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ