बिहीबार , साउन २१ गते २०८३

साथीले पैसा चोरेको ‘आरोप’ लगाएपछि २३ बर्षिया युवतीले गरिन् आत्महत्या

साथीले पैसा चोरेको ‘आरोप’ लगाएपछि २३ बर्षिया युवतीले गरिन् आत्महत्या

अखबार दैनिक
मंगलबार, कात्तिक २५ २०७७
  • साथीले पैसा चोरेको ‘आरोप’ लगाएपछि २३ बर्षिया युवतीले गरिन् आत्महत्या

    कात्तिक २५,

    आफ्नै साथीले पैसा चोरको आरोप लगाए पछि इटहरीमा रहेको रिलायन्स स्पिनिङ मिल्समा लेटाङकी सिर्जना राईले देह त्याग गरेको आफन्तहरुले बताएका छन । नभएको आरोप लगाएको कारण सिर्जना झुण्डिएको हुन सक्ने केहि आफन्तहरुले बताएका छन ।

    तीन दिन अघि इटहरी १२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी २३ बर्यीय सिर्जना राई बाथरुमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन । आफन्तहरुले भने रिलायन्सका प्रशासनले टचर दिएर आत्महत्या गर्न बाध्य बनाएको बताउँदै आएका छन ।

    उद्योगमा काम गर्दै आएकी राईलाई केहि दिन अघि आफ्नै साथीले पैसा चोरी गरेको भन्दै उद्योगकै प्रशासनमा उजुरी गरेको थिईन । तर मृतक राईले दुई पक्ष मिलापत्रमा मैले पैसा चोरेको हैन तिर्नु परे तिरौला भन्दै कागज समेत गरेको थिईन । तर राईले हिजो म पैसा तिर्दिन भने पछि पैसा हराउने साथीले प्रहरीमा उजुरी गरेको थिईन । त्यो रात नै उनी झुण्डिएको पाईएको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार