आइतबार, असोज ४ गते २०८३

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

अखबार दैनिक
शुक्रबार, असोज २ २०८३
  • संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

    काठमाडौँ, २ असोजः नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।    
        
    कम्पनीका अनुसार रु ४९९ (करसहित) मा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक पाँच जिबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक पाँच जिबीको सीमा पूरा भएपछि पनि बाँकी समय दुई एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।    
        
    त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि रु ६९९ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेजमा ३० दिनसम्म दैनिक १० जिबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक १० जिबीको सीमा पूरा भएपछि बाँकी समय तीन एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।    
        
    पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने रेन्टल शुल्कसमेत प्याकेजमै समावेश गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमका अनुसार संविधान दिवस अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुने टेलिकमले जनाएको  छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ