शुक्रबार, साउन २२ गते २०८३

प्रचण्डसँग डिल गर्न शंकर पुगे खुमलटार

प्रचण्डसँग डिल गर्न शंकर पुगे खुमलटार

अखबार दैनिक
मंगलबार, कात्तिक २५ २०७७
  • प्रचण्डसँग डिल गर्न शंकर पुगे खुमलटार

    कात्तिक २५,

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद उत्कर्षमा पुगेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको दूतको रुपमा खुमलटार पुगेका छन् । बिहान खुमलटार पुगेका पोखरेलले ओलीको सन्देश सुनाएका छन् ।

    पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई ओलीले भेटवार्ता गरेर सहमति खोज्न सकिने सन्देश पठाएका थिए । तर, प्रचण्डले पार्टीमा देखिएको विवाद अब बैठकबाटै समाधान हुने भन्दै भेटवार्ताका लागि अस्वीकार गरिदिएका छन् । पोखरेलले दुई अध्यक्ष मिल्नुपर्ने तथा त्यसका लागि भेटवार्ता आवश्यक रहेको ओलीको सन्देश सुनाएको र प्रचण्डले अब पार्टी कमिटीको बैठकबाटै देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएर पोखरेललाई पठाएका छन् ।

    लिखितरुपमा बहुमत सदस्यले बैठकका लागि आग्रह गर्दा पनि अध्यक्ष ओलीले बैठक राख्न अस्वीकार गरेपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले पार्टी बैठक राख्ने तयारी गरेका छन् । उनले बैठकबाट जारी समस्याको निकास निकाल्नुपर्नेमा जोड दिएका स्रोतको भनाइ छ ।

    ओलीको सन्देश बोकेर यसअघि महासचिव विष्णु पौडेल हिजो प्रचण्ड निवास पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार