आइतबार, असोज २५ गते २०८३

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

अखबार दैनिक
सोमबार, असोज १२ २०८३
  • अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

    काठमाडौँ, १२ असोजः सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ ।    
        
    दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिद्वारा बास्कोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरेको हो ।    
        
    मिरिकमा आइतबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डी. केगिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राइलगायतले बास्कोटालाई सो पुरस्कार सहित सम्मानगर्नुभएको सो संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।    
        
    साथै नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा सङ्गीतकार तथा गीतकार बास्कोटालाई सम्मान गरिएको थियो ।    
        
    विज्ञप्तिमा भनिएको छ, “हाम्रा स्रष्टा–सर्जकलाई सम्मान गर्नु केवल एउटा कार्यक्रम होइन, उहाँहरूको सिर्जनायात्राप्रति हाम्रो कृतज्ञता र नेपाली कला संस्कृतिप्रतिको सम्मान पनिहो । यस्ता कार्यक्रमहरु एवं मान सम्मानले नेपालीकला र संस्कृतिलाई आगामी पुस्तामाझ पनि सुपरिचित गराउँदै लैजानेछ ।”    
        
    सन् १९७१ मा सङ्गीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक साङ्गीतिक यात्रा सुरु गर्नुभएका बास्कोटाले नेपाली सङ्गीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आउनुभएको छ ।     
        
    उहाँले ३६४ भन्दा बढी नेपालीचलचित्रमा सङ्गीत निर्देशन तथा दुई हजारभन्दा बढी गीतमा सङ्गीत सिर्जनागर्नु भएको छ ।    
      

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ