सोमबार, असोज २६ गते २०८३

कैलालीका किसान धानबाली भित्र्याउँदै

कैलालीका किसान धानबाली भित्र्याउँदै

अखबार दैनिक
आइतबार, असोज २५ २०८३
  • कैलालीका किसान धानबाली भित्र्याउँदै

    धनगढी, २५ असोजः कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुुका साथै धान ढलेको थियो । किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको थियो ।    
        
    मौसम फेरबदलले पाकेको धानबाली काट्न र भित्र्याउन असहज भएको थियो । तर हिजोआज घामलागेसँगै खेतमा पाकेको धानबाली भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका-३ बडहराको किसान भगतराम चौधरीले हिजोआज धान कटाइमा व्यस्त रहेको बताउनुभयो । खेती किसानीबाट खानलाउनसहित घर खर्चको जोहो गर्दै आउनुभएका उहाँले खेतमा धान लटरम्म पाकेर झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न विग्रीने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।    
        
    “हिजो आज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ”, चौधरीले भन्नुभयो, “झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौ ।” महान चाड बडादशैँ नजिकिएसँगै काम सकेर पर्व मनाउने उद्देश्यले किसानको व्यस्तता बढेको देखिन्छन ।    
        
    खेतमा धान काट्दै गरेका अर्का किसान सुकराम चौधरीले पनि खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताउनुभयो । हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानले यतिबेला आधुनिक उपकरण प्रयोग गरिरहेका छन् । किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् ।    
        
    नेपालीहरूको महान पर्व बडादसैँ आजदेखि सुरु भइसकेको छ । दसैँको दशमी तिथि आउन केही दिन मात्रै बाँकी छ । छिटोछिटो धानबाली भित्र्याएर पर्व मनाउने मनसायका साथ किसानहरू धानबाली भित्र्याउन आआफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्य जुटेका देखिन्छन् । थोरै खेत हुने किसानले थ्रेसर गरेर धान घरमा भित्र्याइसकेका छन् । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायत विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन् ।रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ