सोमबार, असोज २६ गते २०८३

अर्थशास्त्रको नोबेलका सम्भावित विजेताबारे चर्चा

अर्थशास्त्रको नोबेलका सम्भावित विजेताबारे चर्चा

अखबार दैनिक
सोमबार, असोज २६ २०८३
  • अर्थशास्त्रको नोबेलका सम्भावित विजेताबारे चर्चा

    स्टकहोम, २६ असोज  मौद्रिक नीति, व्यवहार अर्थशास्त्र, प्रविधि र आर्थिक विकास यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका सम्भावित क्षेत्रका रूपमा चर्चामा छन् । सोमबार स्थानीय समयअनुसार बिहान ११ः४५ बजे विजेताको घोषणा हुँदैछ ।    
        
    ससेक्स विश्वविद्यालयका प्राध्यापक रिचर्ड टोलले व्यवहार अर्थशास्त्रका अमेरिकी विद्वान् कोलिन क्यामरर, जर्ज लोवेन्स्टाइन र म्याट राबिन सम्भावित विजेता हुन सक्ने बताउनुभएको छ । मौद्रिक नीतिका विज्ञ माइकल वुडफोर्ड पनि बलियो दाबेदार मानिनुभएको छ । उहाँको प्रमुख अनुसन्धानमूलक पुस्तक सन् २००३ मा प्रकाशित भएको थियो । नोबेल समितिले प्रायः अनुसन्धान प्रकाशित भएको २० देखि २५ वर्षपछि सम्मान गर्ने गरेको विज्ञहरूको भनाइ छ ।    
        
    आर्थिक विकासतर्फ टिम बेस्ली, गुइडो ताबेलिनी र डेरड्रे म्याक्लोस्की तथा अन्तर्राष्ट्रिय व्यापार, आर्थिक वृद्धि र सूचना सञ्जालका विभिन्न अनुसन्धानकर्ताको नाम पनि चर्चामा छ । नयाँ प्रविधिले बजार र सार्वजनिक नीतिमा पार्ने प्रभावको अध्ययन गर्ने अमेरिकी अर्थशास्त्री सुसान एथी पनि सम्भावित विजेता हुनुहुन्छ ।    
        
    अर्थशास्त्रतर्फको पुरस्कार सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकको सहयोगमा स्थापना गरिएको हो । यो अल्फ्रेड नोबेलको इच्छापत्रमा स्थापित मूल पाँच पुरस्कारमध्ये पर्दैन । हालसम्म ९९ जनाले यो पुरस्कार पाएकामा महिला केवल तीन जना छन् । विज्ञहरूले पुरस्कार छनोटमा लैङ्गिक सन्तुलनभन्दा अनुसन्धानको वैज्ञानिक महत्त्व र व्यावहारिक उपयोगितालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ