सोमबार, असोज २६ गते २०८३

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

अखबार दैनिक
सोमबार, असोज २६ २०८३
  • सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

    धनगढी, २६ असोजः सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।    
        
    प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ । त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।    
        
    मुख्यमन्त्री खगराज भट्ट पदभार ग्रहण गरेलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको थियो । त्यसपछि उहाँले अनुगमनलाई निरन्तरता दिनुभएको थियो ।    
        
    मुख्यमन्त्रीमा नियुक्त भएपछि उहाँले अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, आइसीयू, गाइनो वार्डलगायत विभिन्न विभागको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।    
        
    निरीक्षणका क्रममा उहाँले अस्पतालको सरसफाइ, भौतिक अवस्था र सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिनुभएको थियो ।    
        
    कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषगरी सूदूरपश्चिमका नौवटा जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिरामीको चाप, जनशक्ति र पूर्वाधारको व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ