बुधबार, असोज २८ गते २०८३

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट

अखबार दैनिक
सोमबार, असोज २६ २०८३
  • साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट

    रियाद, साउदी अरब, २६ असोज  यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ ।    
    गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुथी विद्रोहीले देशको दक्षिणपश्चिमी क्षेत्रस्थित खमिस मुशैततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।    
        
    साउदी अरबका दुई विमानस्थललाई आइतबार लक्षित गरी आक्रमण गरिएपछि सीमापार तनाव थप चुलिएको छ । साउदी उड्डयन अधिकारीहरूका अनुसार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य ११ जना घाइते भएका थिए । त्यसैगरी, दमामनजिकै रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमण भएको जनाइएको छ ।    
    यसअघि शनिबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको साउदी अधिकारीहरूले बताएका थिए ।    
        
    लगातार भइरहेका आक्रमण र प्रत्याक्रमणका घटनाले साउदी अरब र यमनका हुथी विद्रोहीबीचको तनाव थप बढाएको छ ।रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ