बिहीबार , साउन २१ गते २०८३

तिहारलाई सेलरोटी बनाउँदै हुनुहुन्छ ? यसरी बनाउनुस् स्वादिष्ट सेलरोटी

तिहारलाई सेलरोटी बनाउँदै हुनुहुन्छ ? यसरी बनाउनुस् स्वादिष्ट सेलरोटी

अखबार दैनिक
शुक्रबार, कात्तिक २८ २०७७
  • तिहारलाई सेलरोटी बनाउँदै हुनुहुन्छ ? यसरी बनाउनुस् स्वादिष्ट सेलरोटी

    कात्तिक २८,

    नेपालीको दोस्रो ठूलो पर्व तिहार लागिसकेको छ । तिहारका लागि महत्वपूर्ण मानिने सेलरोटी खान मिठो मान्ने भएपनि आजभोलिका अधिकांश युवाहरुमा सेल बनाउने सिप नभएको पाइन्छ । शिक्षा तथा रोजगारीका लागि शहर हुँदै विदेशीने धेरै नेपाली युवाहरुमा यस्तो सिप नहुन सक्छ । आज हामी यहाँ तिहारका लागि स्वादिष्ट सेलरोटी बनाउने तरिका सिकाउँदै छौँ ।

    यसरी बनाउनुस सेलराेटी :

    १. मोटो पुरानो धानको चामललाई सफा गर्ने,

    २. चामललाई एक घण्टा भिजाउने, चामलसँगै मेथि पनि भिजाउनु पर्छ, (चार किलो चामलमा २०० ग्राम मेथि)

    ३. चामललाई ढिकी, जाँतो, ओखल, मिल अर्थात ग्राइन्डरमा पिस्नु पर्छ,

    ४. मिल तथा ग्राइन्डरमा पिसेको पिठोलाई सिधै प्रयोग गर्न सकिन्छ तर ढिकी तथा ओखलमा पिसेको पिठोलाई नाङ्लोको सहायताले ठिक्कको मनिसो पिठो छान्ने

    ५. पिठोमा घ्यु, दिही, चिनी, रोटी फुलाउनको लागि थोरै सोडा (सोडा स्वास्थ्यको लागि हानिकारक हुन्छ) मिलाएर थोरै थोरै पानी राख्दै मुछ्ने,

    ६. रोटीलाई तेल वा घ्युमा पकाउन सकिन्छ । केमा पकाउने हो त्यसलाई ताइमा हालेर तताउने,

    ७. तेल वा घ्यु मजाले ताले जस्तो लागेपछि झिरको टुप्पो मुछेर राखेको पिठोमा डुबाएर तात्दै गरेको तेलमा डुबाउने, झ्वाइँय आवाज आयो भने त्यो तेल वा घ्यु रोटी बनाउन तयार भएको मानिन्छ,

    ८. रोटीलाई गोलो बनाउनको लागि ताइमा दियोलाई घोप्टो पारेर राख्न सकिन्छ, दियोलाई आधार मानेर रोटी हाल्दा गोलो बन्छ,

    ९. मुछेको पिठोलाई हात वा डाडुको सहयोगमा तातेको तेलमा दियोको वरिपरी गोलो हुनेगरी हाल्ने,

    १०. रोटीलाई अझ गोलो र आकर्षक बनाउन झिरले मिलाउन सकिन्छ,

    ११. पिठो ताइमा हालेको केही समयपछि रातो रातो हुन थालेपछि त्यसलाई अर्कोपट्टि फर्काइदिने र त्यो पाटो पनि राटो भएर पाकेपछि झिरको सहायताले निकाल्ने, सेलरोटीका लागि चिनी, घ्यु आफ्नो स्वादअनुसार राख्न सकिन्छ । यसरी आफैँले तयार गरेर बनाएको सेलरोटी खाँदा स्वादिष्ट हुनुको साथै गुणस्तरीय र स्वास्थ्यबर्धक पनि हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार