आइतबार, असोज १८ गते २०८३

गाजामा हमासका वरिष्ठ अधिकारीलाई लक्षित गरी इजरायली सेनाको हवाई हमला

गाजामा हमासका वरिष्ठ अधिकारीलाई लक्षित गरी इजरायली सेनाको हवाई हमला

अखबार दैनिक
आइतबार, असोज १८ २०८३
  • गाजामा हमासका वरिष्ठ अधिकारीलाई लक्षित गरी इजरायली सेनाको हवाई हमला

    जेरुसेलम,१८ असोज , इजरायली सेनाले गाजाको सहरमा हमासका वरिष्ठ अधिकारी अली अहमद अल–अमौदीलाई लक्षित गरी राति हवाई हमला गरेको पुष्टि गरेको छ।    
        
    इजरायली सेनाले शनिबार सञ्चारमाध्यममा आएका विवरणको पुष्टि गर्दै अल–अमौदीलाई लक्षित गरेर हमला गरिएको जनाएको हो। यद्यपि, उक्त हमलामा अल–अमौदी घाइते भए वा मारिए भन्नेबारे तत्काल कुनै पुष्टि गरिएको छैन। सेनाका अनुसार घटनाको परिणामबारे अनुसन्धान भइरहेको छ।    
         
    इजरायली सेनाले अल–अमौदी रहेको अपार्टमेन्ट हमासले कथित रूपमा आतंकवादी गतिविधिका लागि प्रयोग गर्दै आएको दाबी गरेको छ।    
        
    सेनाका अनुसार अल–अमौदी हमासको राजनीतिक ब्युरोका उपाध्यक्ष तथा गाजा क्षेत्रमा रहेका हमासका सबैभन्दा वरिष्ठ अधिकारीमध्ये एक हुन्। उनले पूर्व हमास नेता याह्या सिनवारका व्यक्तिगत सहायकका रूपमा समेत काम गरेको इजरायली सेनाको दाबी छ। सिनवारलाई दुई वर्षअघि इजरायली सेनाले मारेको थियो।    
        
    इजरायली सेनाले अल–अमौदी सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको हमासको आक्रमणसँग सम्बन्धित निर्णय प्रक्रियामा समेत संलग्न रहेको दाबी गरेको छ।    
        
    तर, हवाई हमलाको वास्तविक परिणामबारे इजरायली सेनाले अझै अन्तिम जानकारी सार्वजनिक गरेको छैन।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ