बिहीबार , साउन २१ गते २०८३

चर्किएको बिवाद मिलाउन परामर्श बढाउँदै ओली, वामदेवपछि माधव नेपाललाई बालुवाटार बोलाए

चर्किएको बिवाद मिलाउन परामर्श बढाउँदै ओली, वामदेवपछि माधव नेपाललाई बालुवाटार बोलाए

अखबार दैनिक
आइतबार, कात्तिक ३० २०७७
  • चर्किएको बिवाद मिलाउन परामर्श बढाउँदै ओली, वामदेवपछि माधव नेपाललाई बालुवाटार बोलाए

    कात्तिक ३०,काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चर्किएको बिवाद मिलाउन परामर्श बढाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा एकल दस्तावेज ल्याएको भन्दै ओलीले फिर्ता गराउन पूर्वएमालेका नेताहरूलाई फकाउने कोसिस गरिरहेका छन् ।

    आइतबार वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर परामर्श गरेको स्रोतले जानकारी दियो । ओलीले नेता नेपालसँग कात्तिक महिनामा मात्रै चारपटक भेटवार्ता गरिसकेका छन् । आजको भेटमा पनि ओलीले प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेको र नेता नेपालले अस्वीकार गरेको स्रोतको जिकिर छ ।

    “मिलेर जानुपर्‍यो । दस्तावेज फिर्ता लिएर बैठक चल्ने वातावरण बनाउनुपर्‍यो भनेर आग्रह गरेको बुझिएको छ,” स्रोत भन्छ, “नेता नेपालले ओलीलाई सच्चिन आग्रह गर्नुभएको छ ।” आइतबारै ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि बोलाएर दस्तावेज फिर्ताको निम्ति आग्रह गरेका थिए । उनले पनि ओलीको आग्रह अस्वीकार गर्दै सच्चिन नै भनेका थिए ।

    “दस्तावेज फिर्ता लिन भूमिका खेलिदिनुपर्‍यो भनेर आग्रह गर्नुभएको थियो प्रधानमन्त्रीले,” उपाध्यक्ष गौतमका प्रेस सहयोगी विष्णुमणि सुवेदीले भने, “तर, गौतमले अस्वीकार गर्दै दस्तावेज पाँचै जनाको सामूहिक निष्कर्ष भएको जवाफ दिनुभयो ।”

    सचिवालयको आगामी बैठक मङ्सिर ३ गतेलाई तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार