बुधबार, असोज २१ गते २०८३

आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

images
अखबार दैनिक
बुधबार, असोज २१ २०८३
  • आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

    काठमाडौँ, २१ असोजः देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ । शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ ।    
        
        
    मौसमविद् रोजन लामिछानेले, “अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ । आज दिनभरी वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार आउनेछ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ”, राससलाई भन्नुभयो ।    
        
    आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८ दशमलव २ मिलिमिटर मापन भएको छ । यो वर्षा भारी हो ।    
        
    हाल काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी गण्डकी प्रदेशका, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथास्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ