बिहीबार , साउन २१ गते २०८३

आरोप सत्य ठहरिए कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ : ओली

आरोप सत्य ठहरिए कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ : ओली

अखबार दैनिक
बिहीबार , मंसिर ४ २०७७
  • आरोप सत्य ठहरिए कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ : ओली

    मंसिर ४,

    नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएको आरोप सत्य ठहरिए आफू दुवै पदबाट हट्ने, असत्य ठहरिए प्रचण्ड पार्टी अध्यक्षबाट हट्ने बताएको खुलेको छ ।

    लामो अडान तोड्दै असन्तुष्ट पक्षको चर्को दबाबपछि बुधबारको केन्द्रीय सचिवालय बैठकमा सामेल भएका ओलीले प्रचण्डले गत कार्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको प्रस्तावको खण्डन गर्दै त्यस्तो बताएका हुन् । ओलीको सम्पादित संवोधन पत्रमा भनिएको छ,‘यी आरोप या त सदर ठहरिनु पर्यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नु पर्यो। यो आरोप सही ठहरिदैँन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्यो, यसको जवाफदेहिता लिनुपर्यो ।’

    यस्तै ओलीले बहुमत या अल्मतलाई आफूले ‘फर्मल्ली’ नदेखेको अव यसमा जानुपर्ने अवस्था आएकोसमेत बताएका छन् । प्रचण्डको प्रस्तावले विगतका सहमति, समझदारी अन्त्यको घोषणा गरिसकेको भन्दै अब पार्टीमा नयाँ निकासको अभ्यास सुरु हुने पनि ओलीको भनाई छ ।

    उनले भनेका छन्,‘ममाथि लगाइएका आरोप, लान्छना, अभियोग, तिरस्कार, अपमान सबैलाई खारेज गर्छु। राजनीतिक जीवन सिध्याउने गरी लागेको आरोप पूर्णरुपमा अस्वीकार गर्छु ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार