शुक्रबार, असोज २३ गते २०८३

चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

images
अखबार दैनिक
शुक्रबार, असोज २३ २०८३
  • चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

    बेइजिङ, २३ असोज चीनसँग बढ्दो व्यापार तनाव कम गर्दै व्यापार तथा लगानीमा सन्तुलन कायम गर्न युरोपेली युनियन (इयु) ले ठोस उपलब्धि हासिल गर्ने प्रयास गरेको छ । इयुका वाणिज्य अधिकारी मारोस सेफकोभिकले शुक्रबार हुने वार्ताबाट ठोस परिणाम निकाल्नु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।    

    चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्टाओसँग बिहीबार बेइजिङमा भेट गरेपछि सेफकोभिकले तीन महिनादेखिको गहन संवादमार्फत इयु–चीन व्यापारलाई सन्तुलित बनाउन प्रयास भइरहेको बताउनुभयो ।    
        
    चीनसँग इयुको दैनिक व्यापार घाटा करिब एक अर्ब युरो पुगेको छ । चीनबाट आयात हुने सस्ता वस्तुले युरोपेली उद्योगलाई दबाबमा पारेको र हजारौँ रोजगारी गुमेको भन्दै इयुले चीनमाथि सरकारी अनुदान, मूल्य घटाएर वस्तु बिक्री र मुद्रा हेरफेर गर्ने कम्पनीलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।    
        
    यद्यपि, चीनले दुर्लभ पृथ्वीका खनिजजस्ता महत्त्वपूर्ण वस्तुको आपूर्ति रोक्न वा युरोपेली निर्यातमा अवरोध गर्न सक्ने भएकाले इयुका लागि व्यापार सम्बन्ध बिगार्नु सहज छैन । अर्कोतर्फ, कमजोर घरेलु अर्थतन्त्रलाई सहारा दिन निर्यातमा निर्भर चीनलाई पनि व्यापार तनावले असर पार्न सक्छ ।    
        
    युरोपेली संसद्को व्यापार समितिका प्रमुख बन्र्ड ल्याङले चीनको आर्थिक सङ्कटले इयुलाई वार्तामा आफ्नो मोलतोल गर्ने क्षमता बढाएको बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ