शनिबार, असोज २४ गते २०८३

कांग्रेस महाधिवेशनः दिउँसो २ः३० बजेसम्म तीन हजार ७५४ मत खस्यो

कांग्रेस महाधिवेशनः दिउँसो २ः३० बजेसम्म तीन हजार ७५४ मत खस्यो

अखबार दैनिक
शुक्रबार, असोज २३ २०८३
  • कांग्रेस महाधिवेशनः दिउँसो २ः३० बजेसम्म तीन हजार ७५४ मत खस्यो

    काठमाडौँ, २३ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २ः३० बजेसम्म तीन हजार ७५४ मत खसेको छ । पार्टीको निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल सात हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म तीन हजार ७५४ जनाले मतदान गरेका छन् ।    
        
    दिउँसो २ः३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा एक हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा एक हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका दुई हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन् ।    
        
    त्यस्तै, लुम्बिनीमा एक हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा एक हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन् । निर्वाचन समितिले यसअघि दिउँसो ३ः०० बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ः०० बजेसम्म पुर्‍याएको छ । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो । मतदान निर्वाध रूपमा चलिरहेको निर्वाचन समितिले जनाएको छ । (रासस)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ