शनिबार, असोज २४ गते २०८३

कांग्रेस महाधिवेशनमा मतदान लम्बियो, अब साँझ ७ बजेसम्म मत हाल्न पाइने

कांग्रेस महाधिवेशनमा मतदान लम्बियो, अब साँझ ७ बजेसम्म मत हाल्न पाइने

अखबार दैनिक
शुक्रबार, असोज २३ २०८३
  • कांग्रेस महाधिवेशनमा मतदान लम्बियो, अब साँझ ७ बजेसम्म मत हाल्न पाइने

    काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय पुनः थप गरिएको छ। अब महाधिवेशन प्रतिनिधिहरूले साँझ ७ बजेसम्म मतदान गर्न पाउने भएका छन्।

    यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय पहिलोपटक थप गरी साँझ ५ बजेसम्म पुर्‍याइएको थियो। तर, तोकिएको समयमा मतदान प्रक्रिया पूरा हुन नसकेपछि पुनः दुई घण्टा थप गरिएको हो।

    नीति प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्यले मतदानको समय बढाएर साँझ ७ बजेसम्म कायम गरिएको जानकारी दिएका छन्।

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको राजनीतिक भविष्य मतदानबाट तय हुनेछ।

    मतदानको समय पटक–पटक थपिएपछि मतगणना र अन्तिम परिणाम सार्वजनिक हुने समयसमेत प्रभावित हुन सक्ने देखिएको छ। मतदान सम्पन्न भएपछि निर्वाचन समितिले मतपेटिका संकलन गरी मतगणना प्रक्रिया अघि बढाउनेछ।

    कांग्रेसको १५औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी कार्यकालका लागि पार्टीको संगठन, नीति तथा राजनीतिक गतिविधिको नेतृत्व गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ