बिहीबार , साउन २१ गते २०८३

चितवन घटना निन्दनीय छ : नेकपा प्रवक्त्ता नारायणकाजी श्रेष्ठ

चितवन घटना निन्दनीय छ : नेकपा प्रवक्त्ता नारायणकाजी श्रेष्ठ

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • चितवन  घटना निन्दनीय छ : नेकपा प्रवक्त्ता नारायणकाजी श्रेष्ठ

    ७ मंसिर, काठमाण्डौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएका छन्।

    सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै नेकपा प्रवक्ता श्रेष्ठले यस्ता व्यवहारलाई प्रोत्साहित गरेमा कसैको हित नहुने उल्लेख गर्नु भएको छ ।

    'हिजो चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कमरेड सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ,' प्रवक्ता श्रेष्ठले लेखेका छन्, 'यसप्रकारको व्यवहार प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।'

    नेता पाण्डेविरुद्ध पार्टी एकताविरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका थिए। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार