बिहीबार , साउन २१ गते २०८३

विदेशबाट नेपाल आउनेले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

विदेशबाट नेपाल आउनेले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

अखबार दैनिक
सोमबार, मंसिर ८ २०७७
  • विदेशबाट नेपाल आउनेले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

    मंसिर ७,

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको जानकारी दिए । विदेशबाट नेपाल आउनेले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

    क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने उनले बताए ।

    सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन । तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार