बिहीबार , साउन २१ गते २०८३

कक्षा १२ का परीक्षार्थीले ढुक्क भएर परीक्षा दिए हुन्छ : शिक्षामन्त्री पोखरेल

कक्षा १२ का परीक्षार्थीले ढुक्क भएर परीक्षा दिए हुन्छ : शिक्षामन्त्री पोखरेल

अखबार दैनिक
सोमबार, मंसिर ८ २०७७
  • कक्षा १२ का परीक्षार्थीले ढुक्क भएर परीक्षा दिए हुन्छ :  शिक्षामन्त्री पोखरेल

    मंसिर ८,

    शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ का परीक्षार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । भोलि (मंगलबार) देखि सञ्चालन हुनलागेको कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका हुन् ।

    मन्त्री पोखरेलले कक्षा १२ को परीक्षा दिन लागेका सबै विद्यार्थीहरुलाई सफलताको शुभकामनासमेत दिएका छन् । परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको बताउँदै मन्त्री पोख्रेलले ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका छन् ।

    यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ । परीक्षाको सिलसिलामा परीक्षार्थीहरुलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने भएमा पुनः परीक्षा दिन पाउने व्यवस्थासमेत मिलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार