शुक्रबार, साउन २२ गते २०८३

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका लागी सुरक्षा सतर्कता बढाउन प्रधानमन्त्रीको निर्देशन

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका लागी सुरक्षा सतर्कता बढाउन प्रधानमन्त्रीको निर्देशन

अखबार दैनिक
सोमबार, मंसिर ८ २०७७
  • चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका लागी  सुरक्षा सतर्कता बढाउन प्रधानमन्त्रीको निर्देशन

    मंसिर ८,

    प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको मंसिर १४ गते हुने नेपाल भ्रमणका क्रममा विशेष सुरक्षा तयारी गर्न चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

    प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई आइतबार बालुवाटार बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन् ।

    आइतबारै गृहमन्त्री रामबहादुर थापाले पनि प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखसँग भेट गरी सुरक्षामा विशेष तयारी गर्न निर्देशन दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार