बिहीबार , साउन २१ गते २०८३

‘ओली सरकारलाई कुनै पनि ताकतले गिराउन सक्दैन’

‘ओली सरकारलाई कुनै पनि ताकतले गिराउन सक्दैन’

अखबार दैनिक
बुधबार, मंसिर १० २०७७
  • ‘ओली सरकारलाई कुनै पनि ताकतले गिराउन सक्दैन’

    मंसिर १०,

    शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् ।

    विराटनगरस्थित शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयको एक कार्यक्रममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताएका हुन् ।

    ‘जनताले पाँचवर्षे म्यान्डेड दिएका छन्’, मन्त्री श्रेष्ठले भने– ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहने यो सरकारलाई संसारको कुनै पनि ताकतले पनि गिराउन सक्दैन ।

    यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो ।’ मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाइनजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधिसम्म चल्ने उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार