मंगलबार, कात्तिक २४ गते २०८३

सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४६ करोडको कारोबार

सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४६ करोडको कारोबार

अखबार दैनिक
शुक्रबार, कात्तिक २० २०८३
  • सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४६ करोडको कारोबार

    काठमाडौं २० कात्तिक, साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । दिनभर उतारचढाव देखिएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक अन्तिममा २।६४ अङ्कले बढेर २ हजार ६५५।२२ बिन्दुमा पुगेर बन्द भएको हो ।

    कारोबारको मध्याह्नतिर २ हजार ६६२ बिन्दुसम्म पुगेको बजार त्यसपछि केही तल झरे पनि अन्तिम समयमा सुधार हुँदै सकारात्मक अवस्थामा बन्द भएको हो ।

    शुक्रबार ३३६ वटा कम्पनीको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ । कुल ३३ हजार २१५ कारोबारमार्फत ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज बजारमा सेयर मूल्य बढ्ने कम्पनीको संख्या बढी देखिएको छ । १५८ कम्पनीको मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    कारोबार भएका अधिकांश उपसमूहमा वृद्धि देखिए पनि अन्य समूहमा भने सामान्य गिरावट आएको छ ।

    शुक्रबार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स सर्वाधिक कमाउने कम्पनी बनेको छ । कम्पनीको सेयर मूल्य १४।०८ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १९२ रुपैयाँ पुगेको छ ।

    यस्तै, कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार