बिहीबार , साउन २१ गते २०८३

प्रचण्डले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम गरे : संयोजक महर

प्रचण्डले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम गरे : संयोजक महर

अखबार दैनिक
बुधबार, मंसिर १० २०७७
  • प्रचण्डले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम गरे : संयोजक महर

    मंसिर १०,

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पार्टी कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता भंग गरेको आरोप लगाउनुभएको छ ।

    नेकपाभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको समयमा संयोजक महरले कार्यकारी अध्यक्ष प्रचण्डको व्यवहार तथा सचिवालयको बैठकमा नै अबैधानिक रुपमा प्रस्तुत गरिएको कथित राजनीतिक प्रतिवेदन भनिएको आरोप पत्र प्रधानमन्त्री तथा पार्टीका पहिलो (सिनियर) अध्यक्षले खारेज गरिसक्नुभएको उल्लेख गर्नुभयो ।

    उक्त प्रतिवेदनको उचित जवाफ समेत १३ गतेको सचिवायल बैठकमा दिने स्पष्ट पारी सकेको समयमा अर्का अध्यक्षले आफुले प्रस्तुत गरेको आरोप पत्र हतार हतार पुस्तकको रुपमा प्रकाशन गरी तल्लो कमिटीमा छलफलको लागि पठाउने अबैधानिक, अर्मयादित, अनुशासनहिन कार्य गर्दै पार्टी एकतालाई भंग गरेको उल्लेख गर्नुभयो ।

    त्यस्तै अध्यक्ष प्रचण्डले पार्टीको विधान तथा एकताको मर्म विपरित गतिविधि गरी एकता भंग गर्ने आधार तयार गर्नुभएकाले अफ्नो खुट्टामा आफैं बन्चरो हान्ने कार्य गर्नुभएको भन्दै संयोजक महरले कडा रुपमा आक्रोस व्यक्त गर्नुभयो ।

    उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘क प्रचण्डले पार्टी एकता भंग भएको घोषणा गर्नु भएको छ !!! पार्टीको सचिवालय बैठकमै अबैधानिक रुपमा प्रस्तुत भएको कथित राजनीतिक प्रतिवेदन भनिएको आरोप पत्र जसलाई सचिवालयको बैठकमा पार्टीका सिनियर अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरिसक्नु भएको छ र त्यसको उचित जवाफ दिने भनी यहि मंसिर १३ गते सचिवालय बैठक समेत आह्वान गरिसकेको परिस्थितिमा हतार हतार त्यसलाई पुस्तकमा प्रकाशन गरेर तल्ला कमिटीमा छलफलका लागि पठाउने काम अबैधानिक अमर्यादित अनुशासनहिन र पार्टी एकता भंगको आधार निर्माण गर्नु भएको छ र प्रचण्डले आफ्नो खुट्टामा बन्चरो हान्ने काम आफैले गर्नु भएको छ ।

    यसको दृढतापूर्वक सामना गर्न म सम्पूर्ण न्यायप्रेमी प्रगतिशिल राष्ट्रवादी नेकपाका कार्यकर्ता एवं युवा विद्यार्थी साथीहरुमा हार्दिक अपिल गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार