बुधबार, मंसिर ९ गते २०८३

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी

अखबार दैनिक
सोमबार, कात्तिक ३० २०८३
  • अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी

    भद्रपुर (झापा), ३० कात्तिक : कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्णरूपमा जलेर नष्ट भएको छ ।    
        
    घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुन्यूमा गए राति आगजनी भएको हो ।    
        
    आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजारभन्दा बढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।  रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार