मंगलबार, मंसिर ८ गते २०८३

पूर्वी नेपालको सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प, कोशी प्रदेशमा धक्का महसुस

पूर्वी नेपालको सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प, कोशी प्रदेशमा धक्का महसुस

अखबार दैनिक
मंगलबार, मंसिर ८ २०८३
  • पूर्वी नेपालको सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प, कोशी प्रदेशमा धक्का महसुस

    काठमाडौं । पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।

    केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै चीनको तिब्बतसँग जोडिएको सीमा क्षेत्र भूकम्पको केन्द्रबिन्दु रहेको थियो। भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ।

    भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।

    यता, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने उक्त भूकम्प ५.३ म्याग्निच्युडको रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु भारतको सिक्किम राज्यस्थित मङ्गन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा र जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो।

    नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्र र यूएसजीएसले भूकम्पको तीव्रताबारे फरक मापन सार्वजनिक गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ