मंगलबार, मंसिर ८ गते २०८३

बालेनले स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै भने– ‘देश उँभो लाउने टोली’

बालेनले स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै भने– ‘देश उँभो लाउने टोली’

अखबार दैनिक
मंगलबार, मंसिर ८ २०८३
  • बालेनले स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै भने– ‘देश उँभो लाउने टोली’

    ८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्वीर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश उँभो लाउने टोली’ भनेका छन् ।

    प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । तस्वीरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल सँगै उभिएको देखिन्छ ।

    तस्वीरसँगै उनले लेखेका छन्, ‘देश उँभो लाउने टोली  निक्कै मिहिनेती मान्छेहरू ’

    यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै टिप्पणी गरेका थिए ।

    प्रधानमन्त्री शाहको पछिल्लो पोस्टले सरकारका मन्त्रीहरूसँगको सहकार्य र देश विकासप्रतिको प्रतिबद्धतालाई सामाजिक सञ्जालमा प्रस्तुत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ