मंगलबार, मंसिर ८ गते २०८३

एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै

एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै

अखबार दैनिक
मंगलबार, मंसिर ८ २०८३
  • एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै

    काठमाडौँ, ८ मङ्सिरः कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ ।    
        
    नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो । नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा छ ।    
        
    उता एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा युएई र दोस्रो म्याचमा भारत ‘ए’ लाई हराएको थियो ।    
        
    इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो । त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो ।    
        
    नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टायो । नेपाल सामु आज तीन वर्षअघिको हारको बदला लिने अवसर छ । जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’ मै रहेको पाकिस्तान चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।(रासस)     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ