बिहीबार , साउन २१ गते २०८३

ट्राफिक नियम बेवास्ता गरे यसरी कक्षामा बस्नुपर्ने

ट्राफिक नियम बेवास्ता गरे यसरी कक्षामा बस्नुपर्ने

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • ट्राफिक नियम बेवास्ता गरे यसरी कक्षामा बस्नुपर्ने

    मंसिर १६,

    के तपाई ट्राफिक लाइटलाई बेवास्ता गरि सवारी साधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला है ! ट्राफिक प्रहरी महाशाखाले हिजो मंसिर १५ गतेदेखी ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुलाई अनलाइन मार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।

    लकडाउन अघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अबस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रबिधिको प्रयोग मार्फत निरन्तरता दिने भएको छ ।

    महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले “लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा संचालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागी हामीले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको बताउनुभयो” ।

    उहाँले “रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पुर्ण पालना गराउन कारबाहिका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरेको जानकारी दिनुभयो” । लामो समय देखी बग्गीखानामा लिदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो ।

    यस अघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिदै आएकोमा अब देखि ट्राफिक लाईटको बे-वास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिबार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।

    हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ । सडक अनुशासन तथा सडक संस्कार एउटा सभ्य समाजको ऐना हो भन्ने कुरालाई आत्मसाथ गर्दै ट्राफिक लाईट भएका त्यस्ता चोकहरुमा चालक र पैदलयात्रीले ट्राफिक बत्तिको पालना गर्ने हो भने ट्राफिक व्यवस्थापनमा सहजता हुन्छ भने सवारी दुर्घटनामा समेत कमी आउछ ।

    यस्तो प्रतिकुल अबस्थामा प्रबिधिको प्रयोग मार्फत सचेतना कक्षा संचालन बढि उपयोगी एव लाभदायिक हुने र यसले आम चालकहरुमा अनलाईन सचेतना कक्षा लिने प्रबृत्तिमा समेत बृद्धि हुने महाशाखाको अपेक्षा छ । सचेतना कक्षा सम्बन्धि दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेज https://www.facebook.com/ktmtraffic मा प्रकाशित गरिने छ ।

    ट्राफिक कारबाहीमा परि सचेतना कक्षामा अनिबार्य समाबेश हुनुपर्ने चालकहरुले सोहि फेसबुक पेजको लिङ्क मार्फत निर्धारित समय भन्दा अगावै समाबेश हुनुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार